काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो ।
ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन् ।
Discussion about this post