• About us
  • Advertisement
  • Contact us
Pradesh Bureau
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अपराध
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

मधेशमा संक्रमण बढ्दै, ३ जनाको मृत्यु

by प्रदेश ब्यूरो
२०७८ माघ ७, शुक्रबार १६:२३ बजे
BREAKING: कोभिड तेस्रो लहरले ‘खतराको घण्टी बजायो’ भोलिबाट स्कुल बन्द
ADVERTISEMENT

मधेश ।

माघ ३ गते धनुषाको हंसपुर नगरपालिका–७ पर्साही बस्ने ४८ वर्षीया महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भयो ।

धनुषा हस्पताल जनकपुरमा पुस २० गते भर्ना भएकी उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कोभिड–१९ अस्पताल मुजेलियामा रेफर गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भयो ।

सोही दिन कोरेना संक्रमणबाट गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पनि ७५ वर्षीय पुरुषको मृत्यु भयो । रुपनी गाउँपालिका– १ बस्ने उनलाई माघ १ गते अस्पताल लगिएको थियो । माघ २ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो । उपचार चल्दै थियो । माघ ३ गते उनको मृत्यु भयो ।

बिहीबार राति वीरगञ्जमा उपचारको क्रममा बाराको महागढीमाई नगरपालिका–६ बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका उनको माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कडा कोभिड निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा राति पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्नुको साथै मृत्यु हुनेको संख्या पनि क्रमशः बढ्दै गएको छ । माघयता कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित विभिन्न लक्षणसहित अस्पतालमा भर्ना हुने क्रम पनि बढेको चिकित्सकहरुले बताएका छन् । नारायणी अस्पतालमा मात्रै हाल ७ जना कोरोना संक्रमित उपचाररत छन् ।

माघ १ गते प्रदेशमा ४ सय ४१ जना सक्रिय संक्रमित थिए । उनीहरु मध्ये ४ सय ३९ जना होम आइसोलेसनमा नै थिए । माघ ६ गतेसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ११ पुगिसकेको छ । जसमध्ये १ हजार २ सय ५ जना होम आइसोलेसनमा छन् ।

मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ८२ वटा आइसोलेसन सेन्टर छन् । जसमा २३ सय संक्रमित राख्न सकिन्छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा कोरोना संक्रमित विस्तारै बढ्दै गइरहेको बताउँछन् । ‘परीक्षण गराएका मध्ये ५०÷६० प्रतिशतमा कोरोना संक्रमण देखिने गरेको छ, प्रदेशमा ३ प्रतिशमा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ,’ उनले भने, ‘१२ वर्षभन्दा माथि ५० प्रतिशतले भ्याक्सिन लगाएका छन् । सिरियस केस छैनन् भन्दैमा लापरबाही गर्नु हुँदैन ।’

सतर्क भएर सबैले जनस्वाथ्यका मापदण्ड पालना गर्ने हो भने लकडाउन लगाउनुपर्ने अवस्था नआउने भन्दै उनले खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे ।

‘परीक्षणको दायरा बढाउनुपर्ने छ तर पालिका स्तरमा सीआईसीटी टिम निष्क्रिय छ,’ उनले भने, ‘स्थानीय सरकार सक्रिय हुनुपर्छ ।’

मधेस प्रदेशको वीरगञ्ज इनर्वा, रौतहटको गौर, महोत्तरीको भिठ्ठामोड, सिरहाको मार्डर गरी ४ वटा सीमा नाकाको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण हुने गरेको बताउँदै उनले थप ४ वटा नाकामा हेल्थ डेस्क राख्नेबारे छलफल भइरहेको समेत बताए ।

थप समाचार

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा
समाचार

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित
समाचार

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने
समाचार

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत - Madhesh 24
समाचार

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत – Madhesh 24

सर्लाहीको स्थानीय तह निर्वाचन : नयाँ अनुहारलाई जनताको साथ, कुन पालिकामा कसले जित्यो ?
समाचार

सर्लाहीको स्थानीय तह निर्वाचन : नयाँ अनुहारलाई जनताको साथ, कुन पालिकामा कसले जित्यो ?

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने
समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने

Discussion about this post

अपडेट

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा

भरतपुरको मेयर रेनु दाहालको पहिलो निर्णयः छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित

मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका आजाद पराजित

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत - Madhesh 24

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत – Madhesh 24

भाईरल समाचार

  • धनुषा : माइकमा करेन्ट लागेर दुईजानको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिका बलात्कारको आरोपमा ७५ वर्षीय साधु पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • प्रदेश २ मा थ्रेसर मेशिनमा च्यापिएर ८ वर्षीय बालकको मृत्यु 

    0 shares
    Share 0 Tweet 0
  • प्रदेश २ : बोलबमका तीर्थालु चढेको गाडी नहरमा खस्यो, एक जनाको मृत्यू

    0 shares
    Share 0 Tweet 0
  • सबैलामा झु-ण्डिएको अवस्थामा एक महिलाको शव फेला

    0 shares
    Share 0 Tweet 0
ADVERTISEMENT

धनुष मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
जनकपुरधाम, प्रदेश-२ (नेपाल)
कम्पनी दर्ता नं. २३०७७/०७६/०७७
पान नं. ६०९६८५३६९
सूचना विभाग दर्ता नं. coming soon

हाम्रो समूह

अध्यक्ष तथा सम्पादक: अयुब हुसैन

ayub.husen.900

९८६९६७७०४२

sabailatimes01@gmail.com

न्युज डेस्क

महेश कुमार राय

९८६९६७७०४२

pradeshbureau@gmail.com

विज्ञापनका लागि सम्पर्क

जनकपुरधाम, प्रदेश-२ (नेपाल)

९८६९६७७०४२

pradeshbureau@gmail.com

© 2021- Pradesh Bureau - Dhanush media group

  • होम
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अपराध
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • अन्तर्राष्ट्रिय